स्थानीय तहको निर्वाचनकाे लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि (सूचीसहित)


काठमाडाैँ – नेपाली कांग्रेसले स्थानीय तहकाे निर्वाचन केन्द्रित गतिविधि तल्लाे तहसम्मै पु-याउन नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।

यसकाे लागि कांग्रेसले अभियान नै चलाएकाे छ। घर घर जाऔँ, नेपाली कांग्रेसलाई जितऔँ भन्ने अभियान सुरु गरेर कांग्रेसले ७७वटै जिल्लामा प्रतिनिधि पठाएको हो।

अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ । त्यसका लागि जिम्मेवारी पाएका नेताहरु फागुन २७ मै सम्बन्धित जिल्लामा पुग्नुपर्नेछ।

प्रतिक्रिया