‘एमाले नेतृत्वको सरकारले गरेका कामले नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार’


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा गरेका कामका कारण नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार भएको बताएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैंगितक विकास सूचकांकमा उल्लेख सुधार भएको दाबी गरेका छन्।

उनले एमाले सुशासन‚ विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको बताउँदै एमाले नेतृत्वको सरकारले महिला र किशोरीमाथि हिंसा गर्नेलाई कडा कारबाही हुने कानुनको व्यवस्था गरेको बताएका छन्।

‘नेकपा(एमाले) मुलुकमा सुशासन‚ विकास र सामाजिक न्यायको अगुवा पार्टी हो‚’ अध्यक्ष ओलीले सन्देशमा उल्लेख गरेका छन्‚ ‘गत वर्ष हाम्रै सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्बन्धी कानुननी व्यवस्थालाई थप कडा बनाउँदै तेजाबजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय वृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुने गरी कानुनलाई सुदृढ बनाएको थियो।’

ओलीले एमालेले अघि सारेको समृद्ध नेपाल‚ सुखी नेपाली अभियानलाई गन्तव्यमा पुर्‍याउन सामाजिक न्याय महत्त्वपूर्ण भएको पनि एमालेलाई सरकारबाट बाहिर पुर्‍याएपछि उक्त अभियानमा रोकिएको बताएका छन्। यही अभियानलाई अघि बढाउन सबै सक्रिय हुनुपर्ने उनको आग्रह छ।

 

प्रतिक्रिया