रौतहट कांग्रेस सभापतिमा सुनिलकुमार यादव निर्वाचित


रौतहट – नेपाली कांग्रेस रौतहट सभापतिमा सुनिलकुमार यादव निर्वाचित भएका छन्। उनले १ हजार ३ सय ६२ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम हृद्यनारायण यादवले १ हजार ६४ मत पाएका थिए ।

विजयी सुनिल देउवा पक्षका र हृद्यनारायण कोइराला पक्षका हुन्। जिल्ला कार्यसमितिको एक सचिव बाहेक सबै पदमा देउवा पक्षकै बर्चश्व रेहेको छ।

दुई उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिहले १ हजार २ सय ८७ मत र रामलोचन प्रसाद कलवारले १ हजार ३ सय ८३ मत ल्याई विजयी भएका छन्। कोइराला पक्षका मोहम्मद महताब आलमले १ हजार १ सय ९१ र विनोद गुप्ताले ८ सय २५ मत पाए।

सचिवमा संस्थापन पक्षका राजेशकुमार चौधरीले १ हजार ३ सय ९ मत पाएर विजयी भए। सचिवमा भने कोइराला पक्षका रामचन्द्र गिरिले १ हजार १ सय ४२ मत पाएर विजयी भए। संस्थापन पक्षका सुभाष कोइरालालाई १० मतले पछि पार्दै गिरी विजयी भएका हुन्। दुई सहसचिवमा संस्थापन पक्षकै मोहम्मद फिरोज आलमले १ हजार ३ सय ८३ र सिकेन्द्रप्रसाद पटेलले १ हजार २ सय ४१ मत पाई विजयी भएको निर्वाचन अधिकृत दिपकराज रेग्मीले जनाकारी दिए।

का्रग्रेसको विधानमा एक सभापति, दुई–दुई जना उप सभापति, सचिव र उपसचिव रहने प्रावधान छ।

प्रतिक्रिया