
माओवादीको केन्द्रीय समितिको बैठक भोलि सम्मका लागि स्थगित
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेकाले बैठक स्थगित भएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।
माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको थियो ।



कागजपत्र |
