गृहमन्त्री खाणद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास
बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथ को शिलान्यास गरिएको छ। नगरपालिकामा निर्माण भइरहेको चक्रपथको गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन् ।
।
गृममन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । मन्त्री खाणले चक्रपथको दिगो स्ट्रक्चर निर्माण सहित यो क्षेत्रको विकास मा कन्जुस्याइँ नगरिने बताए । चक्रपथ निर्माणमा आफूले सरकारको तर्फबाट बजेटको कमि हुन नदिने समेत उनले प्रतिबद्धता जनाए ।
तिलोत्तमा चक्रपथ महात्वकांक्षी योजनामा पर्छ । निर्माण पछि देशभरका स्थानीय तह मध्ये तिलोत्तमा चक्रपथ पहिलो हुने छ । चक्रपथ तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका, देवदह नगरपालिका, रोहिणी गाउँपालिमाको मध्यभागमा पर्नेछ ।
गृहमन्त्री खाणले चक्रपथको वजेटको लागि सरकारबाट मात्र नभई वैदेशिक दात्री निकायसंग सहयोगको लागि पहल गर्ने बताए ।