

माओवादी केन्द्रको बैठक स्थगित, पूर्ण बैठक आइतबार पुन: बस्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको स्थगित भएको छ। आइतबार ११ बजे पूर्ण बैठक पुन: बस्ने गरि आजकाे बैठक सकिएकाे हो ।
शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बोलिसकेपछि माओवादी बैठक आइतवारलाई ताेकिएको हो।
बैठकमा अध्यक्ष प्रचण्डले विवादित अमेरिकी सहायता परियोजना एमसीसी पास गर्ने निर्णयको बचाउ गरे। तर नेता श्रेष्ठले भने एमसीसी अनुमोदनका लागि समर्थन गरेर पार्टीले गलत गरेको बताएका छन्।
एमसीसी अनुमोदनपछि दाहाल र श्रेष्ठबीच विवाद चर्किरहँदा केन्द्रीय समिति बैठक पनि सुरु भएको हो।

