ताइवानमा ५० लाख घरधुरी अन्धकारमा


एजेन्सी – राजधानी ताइपेई लगायत ताइवानका प्रमुख शहरहरुमा बिजुली गएको छ ।

उर्जा प्लान्टमा दुर्घटना भएपछि बिजुली गएको हो । देशको आर्थिक मामिला मन्त्री वाङ मिहुवाले यो दुर्घटना दक्षिणी ताइवानको उर्जा प्लान्टमा भएको बताएकी राज्य स्वामित्वको मिडिया सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ ।

यो विषय तत्काल समाधान गरिने उनले थपिन् । बिजुली जाँदा ५० लाख घरधुरी प्रभावित भएका छन् ।

राज्य संचालित उर्जा अपरेटर ताइपावरले सियाङडा उर्जा प्लान्टको ट्रान्सफर्मरमा यो घटना भएको जनाएको छ । उनीहरुले उर्जाको ब्याकअपलाई सक्रिय पार्न लागेको पनि उनले बताएकी छन् ।

यो उर्जा प्लान्टले ताइवानको उर्जाको ७ भागको १ भाग आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया