रेडपान्डाको छालासहित दाङबाट ३ जना पक्राउ


दाङ – दाङबाट दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले राप्ती गाउँपालिका-१ स्थित भालुवाङ-प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका-७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका-३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका-७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपान्डाको छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया