मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पर्नासाथ प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आकस्मिक मन्त्रिपरिषद बैठक डाकेका छन्। साँझ ६ बजेका लागि उनले बैठक डाकेका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही मिनेटमा नै प्रधानमन्त्री ओलीले बोलाएको यो आकस्मिक मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण मान्न सकिन्छ।

एउटा अन्तरवार्तामा प्रदेशहरूमा एक्शन चाले आफूले महाएक्शनमा जाने ओलीले बताएका थिए। तथापी यस विषयमा केन्द्रित हुने या नहुने भन्ने केही खुलाइएको छैन।

ओलीले आजै केही मन्त्री नियुक्त गर्ने पनि बताइएको छ।

प्रतिक्रिया