युद्ध रोक्न माग गर्दै काठमाडाैंस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन


काठमाडौं – रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले रुसी दूतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ ।

बुधबार समाजले ‘रुस : युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ लगायत नारा लेखेको ब्‍यानरसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै त्यसको विश्वव्यापी विरोध भइरहेको छ । अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरूले रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता बोलाएका छन् ।

बुधबार नै नेपालले पनि युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

प्रतिक्रिया