
संसद् भवनको सुरक्षा थप मजबुद
काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवन आसपास बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप मजबुद बनाइएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा सोमबार टेबल भएपछि बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतारले बेरेर भवनको सुरक्षा थप मजबुद बनाइएको हा ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपालगायतका अन्य दलहरुल समेत संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।
बिहीबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।



कागजपत्र |
