अझै उठेन काठमाडौंको फोहर, चोक चोकमा फोहोर थुप्रिएपछि शहर दुर्गन्धीत


काठमाडौं – काठमाडौं महानगरको फोहोर दश दिन देखि उठ्न सकेको छैन । चोक चोकमा फोहोरको थुप्रिएपछि शहर दुर्गन्धीत बनेको छ ।

वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाण्डौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेकाले फोहोर उठ्न नसकेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एकरदुई दिन फोहोर नउठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको र फोहोर उठाउन समस्या भएको उनको भनाई छ । डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन । तर स्थानियबासिन्दाले गएको फागनु एक गतेदेखि गाडी रोकेर अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया