

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी – सुनसरीको कोसी–८ भण्टाबारीमा गएराति ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। स्थानीय ६० वर्षीय भरत सहनीको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका सहनीलाई ठक्कर दिएका थियो।
गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो। ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई पक्राउ गरिएको कार्कीले जानकारी दिए। रासस

