
एमसीसीबाट पछि हट्दैनौँ, चीनले भने जस्तो कसैको दबाब पनि आएको छैन : कांग्रेस प्रवक्ता
काठमाडौं – सत्तारुढ दल कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको र अब पछि नहट्ने बताए ।
एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको पनि उनको भनाइ छ । ‘यो कसरी राष्ट्रघाती र राष्ट्र विरोधी भयो ? सेना आउँछ भनेको छ, काम छैन अमेरिकाको ? किन आउँछ, यो अचम्म छ । यो नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको थिएन,’ प्रवक्ता महतले भने ।
त्यस्तै प्रवक्ता शर्माले ‘चीनले भनेजस्तो’ कतैबाट एमसीसी परियोजनाका लागि दबाब नआएको बताए । एमसीसी सम्झौता संसद्बाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास रहेको प्रवक्ता महतले बताए ।



कागजपत्र |
