
आजको मौसम : पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ – नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाले आज सोमबार बिहान ६ बजे जनाएअनुसार यतिबेला प्रदेश नं १ लगायत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
दिउँसो भने पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।



कागजपत्र |
