नेपालले गुमायो चाैथाे विकेट


काठमाडौं – आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेकाे छ । घरेलु टोलीबिरुद्ध अल अमेरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेकाे हाे ।

१२ ओभरमा नेपालले आफ्ना चार महत्वपूर्ण विकेट गुमाइसकेकाे छ । नेपालले अहिले ५५ रन बनाउँदा चार विकेट गुमाएको हो । नेपालका कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह एरी आउट भएका छन् ।  भुर्तेलले ५ र न बनाए भने आशिफ ४ रन बनाउँदै बाहिरिए । त्यस्तै ज्ञानेन्द्र मल्लले १५ रन बनाउँदा दीपेन्दले ११ रन बनाएर मैदानबाट बाहिरिए ।

अहिले नेपालका लागि आरिफ शेख र लोकेश बमले ब्याटिङ् गरिरहेका छन् ।

आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको नेपालले सुरुवातमै नराम्राे झट्का बेहाेरेकाे छ ।

यसअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

 

प्रतिक्रिया