आईसीसी टी–२० विश्वकप छनोटः टस हारेर नेपालले ब्याटिङ गर्दै

५ ओभरमा २ विकेटको क्षतिमा २८ रन बनायो


ओमान – ओमानमा सुरु आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ताजा अवस्थामा ५ ओभरमा २ विकेट गुमाउँदै २८ रन बनाएको छ ।

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पूर्व उपकप्तान दिपेन्द्र सिं ऐरीले ब्याटिङ गरिरहेका छन् । उनीहरुले क्रमशः १३ र ५ रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि नेपालका दुई ओपनर ब्याट्सम्यान आशिफ शेख र कुशल भुर्तेल पनि क्रमशः ४ र ५ रन बनाउँदै आउट भएका थिए ।

 

प्रतिक्रिया