
माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइयो
File photo
काठमाडौं – एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उक्त क्षेत्रमा मात्रै करिब दुई हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।
१५ सयको हाराहारीमा नेपाल प्रहरी तैनाथ रहेको छ भने सशस्त्र प्रहरीको पनि छुट्टै टोली खटाइएको छ। आज पनि सात दलले एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्।
माइतीघरबाट संसद् भवनअगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। विरोध प्रदर्शन हुने भएसँगै सो क्षेत्रको ट्राफिक अस्तव्यवस्त हुने भएको छ।
ट्राफिक प्रहरीले दिउँसो जुलुस निस्कने भएकाले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरेको छ। शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न प्रहरीले आग्रह गरेको छ।
प्रदर्शनकारीहरुले निषेधाज्ञा तोडे बल प्रयोग गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए। उनले भने, ‘निषेधाज्ञा तोडे बल प्रयोग गर्नुपर्ने हुन्छ।’



कागजपत्र |
