प्रहरी जवान चन्दको प्रशंसनीय कामः वडा कार्यालयलाई १२ लाखको जग्गा दान


काठमाडौं – नेपाल प्रहरीका जवान शेरजंग चन्दले वडा कार्यालय निर्माणका लागि १२ लाख बराबरको जग्गा दान गरेका छन्।

रुकुम (पश्‍चिम) को चौरजहारी नगरपालिका–११ घर भई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत जवान चन्दले चौरजहारी नगरपालिका वडा नम्बर ११ लाई जग्गा दान गरेका हुन्।

चन्दले १२ लाख बराबरको ११ मिटर मोहडा र १६ मिटर लम्बाई भएको १ सय ७० वर्गमिटर जग्गा वडा कार्यालयको नाममा पास गरिदिएका हुन्।

प्रतिक्रिया