एमसिसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ


काठमाडौं – प्रहरीले एमसिसीको विरोध गर्दै प्रदर्शन गर्ने १३७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

सरकारले सङ्घीय संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

‘निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि पक्राउ गरिएको हो’ एसएसपी गिरीले भने, ‘९ जना प्रहरी कर्मचारी घाइते छन्, प्रदर्शनकारीतर्फ एक जना सामान्य घाइते छन् ।’

एमसिसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले सङ्घीय संसद् भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।

प्रतिक्रिया