

सप्तरीमा लागु औषधको कारोबार बढ्यो, सात महिनामा ५६ मुद्दा दर्ता

६ माघमा छिन्नमस्ता गाउँपालिका-१ स्थित कोसी नहरबाट एक युवक र दुई किशोर पक्राउ परेका थिए। केही दिनअघिमात्र सदरमुकाम राजविराजस्थित गुलाव ग्यारेजबाट काठमाडौं लैजान तयार पारेको अवस्थामा ठूलो परिणाममा लागू ओषध फेला पर्याे ।
चालु आर्थिक वर्षमा ६३ जना लागु औषध काराेबारमा संलग्न भएकाे आराेपमा पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा १९ देखि ३० वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए।
उनका अनुसार यसअवधिमा ५६ वटा मुद्दा दर्ता भइसकेको छ। खुला सिमानाका कारण लागु औषध कारोबार बढेको प्रमुख काफ्लेको भना छ । लागू औषध मधेस प्रदेशका जिल्ला, काठमाडौं तथा देशका ठूल्ठूला सहरमा ओसारपसार हुने गरेकाे प्रहरीकाे भनाइ छ।

