

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

काठमाडौं – बाँकेमा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ। आज बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले कोहलपुरमा गाडी तोडफोड गरेका हुन्।
बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा ढुंगा प्रहार गर्दा सुदूरपश्चिम प्रदेश–००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ। काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको गाडीलाई कोहलपुरमा बिहान ढुंगा प्रहार भएको हो।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको मागसहित सात मोर्चाले आज नेपाल बन्दको आह्वान गरेको थियो।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन्।

