फ्रान्समा आगलागीमा परी ७ जनाको मृत्यु


पेरिस — दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनका अनुसार सोमबार बिहान भएको किराना पसलबाट सुरु भएको आगोले ती ७ जनाको मृत्यु भएको हो भने ३० बढी घाइते रहेको जनाइएको छ ।

फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।

आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो ।

आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटना बारे अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया