


साताको दोस्रो दिन २७०० अंकमा रोकियो सेयर बजार

काठमाडौं – साताको दोस्रो दिन अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि सोमबार सेयर बजारमा उत्साह देखिएन ।
आइतबार एक सय अंकले घटेको सेयर बजार सोमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ ।
सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
सोमबार कुल कारोबार रकम ३ अर्ब ६८ करोड ४० लाखमा सीमित रह्यो । आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ उपसमूह मध्ये ५ उपसमूह राताम्य हुँदा ७ उपसमूहमा हरियाली छायो भने लगानी उपसमूह स्थिर रह्यो ।

