जाल्पा लघुवित्तको आईपिओ बाँडफाँड, २६ लाखको हात खाली, कतिले पाए १० कित्ता ?


काठमाडौं  – जाल्पा लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न भएको छ ।

लघुवित्तले गत माघ २१ गतेदेखि माग २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । पाँच दिनमै बाँडफाँड गरेको आइपीओमा ४७ हजारले १० कित्ता पाउँदा २६ लाखको हात खाली भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड भएको छ। जसअनुसार ४८ हजार ७९० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाएका छन् भने साढे २६ लाख बढी आवेदकको हात खाली रहेको छ ।

कुल ५ लाख २२ हजार साधारण कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो। अन्तिम दिनसम्म २७ लाख ६ हजार ७६७ जना आवेदकबाट कुल ३ करोड ३१ लाख १३ हजार ३०० कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ।

प्रतिक्रिया