लुम्बिनी प्रदेशले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउने


काठमाडौं – लुम्बिनी प्रदेश सरकारले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागेको छ ।

सो प्रदेशले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने जनाएको हो । स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले स्थापना दिवस मनाउन लागेको हो ।

लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ । राजधानीको संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको बताईएको छ ।

कोरोना संक्रमणको जोखिम हुने भन्दै यस पालि स्थानीय तहलाई बोलाइएको छैन । यता, लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा भएपनि दुई वटा मन्त्रालय बाहेका अन्य मन्त्रालय बुटवलमै रहेका छन् ।

पूर्वाधार बनिनसकेकाले सबै मन्त्रालयहरु सार्न नसकिएको बताईएको छ ।

प्रतिक्रिया