एमसिसीबारे दिपकराज गिरी लेख्छन्, ‘लिंग नखुलेको परराष्ट्र नीतिको’ दिन गयो अब…
काठमाडौं – कलाकार दिपकराज गिरीले एमसिसीको बारेमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् गिरीले पहिलोपटक आफू एमसिसीको बारेमा बोलेको बताउँदै यथाशीघ्र निर्णय लिनुपर्ने बताएका छन् । उनले सरकारले यथाशीघ्र ‘लिंग खुल्ने गरी स्पष्ट नीति अंगीकार गर्नुपर्ने’ बताएका छन् ।
आफूले भोट दिएका सांसद नै आफ्ना प्रतिनिधि भएको बताउँदै आफ्नो निर्णय सम्बन्धित क्षेत्रका सांसदले गर्ने बताएका छन् ।
उनले अगाडि लेखेका छन्, आज म लेख्दैछू …….
धेरैले मलाइ MCC को बारेमा किन नबोलेको भनेर प्रश्न गरेर हैरान गरे, म बोलिन….तर
आज यो समाचार प्रकाशित भएपछि भने केहि लेख्नै मन लाग्यो !
चिन पनि ठिक !! अमेरीका पनि ठिक ,
भारत पनि ठिक, सबै छिमेकि बराबर भन्ने जस्तो
“लिंग नखुलेको परराष्ट्र नीतिको” दिन गयो अब!
आफ्नो देशलाइ दीर्घकालिक फाइदा जता हुन्छ त्यॉहा स्पष्ट भएर उभिनु पर्यो,
इतिहास हेर, हिसाब ग़र, स्पष्ट भैसक्यो
चिन सहयोग की, अमेरीका र उस्का सहयोगी राष्ट्रको सहयोग? ……निर्णय ग़र !
चिन र अमेरीका दूबैले यसलाइ
प्रतिष्ठाको बिषय बनाएको स्पष्ट भैसक्यो!
अब सिद्धान्तले के भन्छ भनेर हेर्ने होइन
सडकका कुरा पनि सुन्ने होइन ,
डाटा हेर्ने, बिगतको डाटा ले के भन्छ ?
मूलूकको भविष्य हेर्ने …. हामि भोकै बस्छौ
कसैको सहयोग चाहिन्न भनेर उफ्र्ने कुरा भनेको
बेलुका क्वाटर खाएपछि गर्ने कुरा हो …
रॉगाका सुकुटी चपाउदै दिएको तथ्यहीन
राष्ट्रबादी गफ लाइ त रक्सीले मज्जाले पचाउला !
तर हाम्रो जस्तो निर्यात सून्य र आयातमा निर्भर, भएको भारत परिबेष्ठित मूलुकले भबिष्यमा हुने दुर्घटनालाइ पचाउन सक्दैन…..
करोडपति कार्यक्रम जस्तो न यस्मा लाइफ लाइन छ, न फोनो फ्रेन्ड छ, न प्रश्न परिवर्तन गर्न मिल्छ न पब्लिक पोलको नै अप्सन छ !
गेम क्बिट गर्न मिलेपनि हुन्थ्यो, त्यों पनि छैन
त्यसैले लिंग खुल्ने स्पष्ट नीति अंगीकार गरेर यथाशीघ्र निर्णय गर्नुमा नै राष्ट्को भलाई हुन्छ
मेरो निर्णय, मैले भोट हालेको सॉसंद ले गर्ने छन् ….
सॉसद भनेको मेरो प्रतिनिधि हो,
यस्को शाब्दिक अर्थ पनि त्यहि हो ..
निर्णय उनिहरू बाट नै हुनुपर्छ
निर्णय सडक बाट होइन, सदनबाटै गर्ने हो
सडकले निर्णय गर्ने भए अरबौ खर्च गरेर देशको ढुकुटी सकेर सॉसदहरू छनौट गर्नुको के मतलब ?
अब प्रतिनिधि पठाएपछि उनिहरू लाइ बिश्वास गरौ, किनकि देश डुब्दा उनिहरू पनि उत्रने वाला त पक्कै छैनन् होला ….त्यसैले मेरो निर्णय काठमाण्डू क्षेत्र नं ९ को सॉसदले गर्ने गरेर जिम्मा दिएँ!!
जय नेपाल !!!