भीमदत्त राजमार्ग खुल्याे


डोटी – स्थानीयवासीको अवराेधका कारण बन्द रहेको अत्तरिया – स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएकाे छ। यस राजमार्ग अन्तर्गतको डोटीको जोरायल गाउँपालिका-१ गोगनपानीमा आज बुधवार डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसुका १६ वर्षीय बालक भानुनाथ मृत अवस्थामा फेला परेपछि उचित छानबिनको माग गर्दै स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए ।

गोगनपानी सडकमा बालक मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले बन्द गरेकाे राजमार्ग अहिले सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दले जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीहरुसँग घटनाको निष्पक्ष छानबिन गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ । यही माघ २३ गते राति बिहेमा गएका नाथ आज घर फर्किने क्रममा गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका हुन्। राजमार्ग बन्द हुँदा त्यहाँ जाममा परेका सवारीसाधन अहिले आफ्नो गन्तव्यतिर लागेका प्रहरी चौकी गैराले जनाएको छ ।

प्रतिक्रिया