बँदेलको आक्रमणबाट किशोरको मृत्यु


बाजुरा – बाजुराको बुढीनन्दा नगपालिकामा जंगली बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु भएको छ। बुढीनन्दा ३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको बँदेलको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो स्थानीय छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो।

घाइते विष्टको प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

प्रतिक्रिया