प्यूठानमा जन्ती चढेकाे जिप दुर्घटना : ८ जनाकाे मृत्यु (अपडेट)


काठमाडाैँ – प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ८ जनाकाे मृत्यु भएकाे छ। बेहुलासहित ६ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।मृतक कसैको पनि पहिचान खुलेको छैन।

नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्‍याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो।  जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियाे।

प्रतिक्रिया