
युक्रेनमा युद्धको तयारी गर्दै अवकाश प्राप्त वृद्धहरु
किभ – युक्रेनी नागरिक दिमित्रो दुवासले आफ्नो युद्ध सकियो भनेर सोचेका थिए । तर अहिले अमेरिकाले रुसले कुनै पनिबेला युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिइरहेको छ । स्वयमसेवक योद्धा दिमित्रोले यो चेतावनीलाई बेवास्ता गर्न सकेका छैनन् ।
उनले गत साता यस विषयलाई लिएर दिमागै खलबलिएपछि उनी आफू मनोचिकित्सक कहाँसम्म पुगेको बताएका छन् ।महिनौँदेखि युक्रेनको पश्चिमी गठबन्धनले सीमाना तैनाथ भ्लादिमिर पुटिनको रुसी फौजलाई देखाउँदै तिनीहरू युक्रेनको राजधानी किभतर्फ बढ्नसक्ने बताउँदै आएको छ ।
यस्तो सम्भावित आक्रमणको प्रत्यक्ष शिकार हुनसक्ने विषयलाई युक्रेनी जनता त्यति पत्याउँदैनन् । दिमित्रालेसमेत रुसले कुनै पनिबेला सीमानामा फौज ल्याएर राख्न र त्यसपछि हमला गर्नसक्ने भएकाले यस घटनालाई नौलो ढंगले लिन मानेका छैनन् । उनले सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी लडाकुहरूविरुद्ध लडेका थिए । सन् २०१५ देखि सो क्षेत्रमा युद्धविराम चलेको भएपनि पटकपटक त्यसको उल्लंघन पनि हुँदै आइरहेको छ ।
तर दिमित्रो गैरसैनिक जीवनमा फर्किसकेका छन् । उनले गोलीगठ्ठा राखिने बाकसलाई रंग्याएर आफ्नो लिभिङ रुममा कफी टेबुलको रूपमा सजाइसकेका छन् । तर फेरि युद्धको हल्ला चल्न थालेकाले उनी कारमा इन्धन भर्न जगेडा खाद्यन्न राख्न र प्रतिरक्षा फौजसँग आफ्नो सिपबारे छलफल गर्न व्यस्त हुन थालेका छन् ।
यद्यपि पश्चिमी गुप्तचर निकायहरूले गर्ने गरेको पुटिनको किभ कब्जा गर्ने योजनाको बेलीविस्तारलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन्त्रास फैलाउने हल्ला मात्रै भन्ने गरेका छन् । तर युक्रेनका विद्यालयहरूमा बमको सन्त्रास वा हवाइ हमलाको स्थितिबारे अभ्यास गराउन थालिएको छ । सामाजिक सञ्जालहरूमा ‘आपतकालीन झोला’ बोकेर सकेसम्म पश्चिमतर्फ ज्यान जोगाउँदै कसरी भाग्ने भन्ने औपचारिक मार्गनिर्देशन दिन थालेको छ ।
अवकाशप्राप्त व्यक्तिहरूसमेत किभ छेउका जंगलहरूमा युद्ध अभ्यास तालिममा सरिक भइरहेका छन् । प्रारम्भिक सैनिक तालिम भएकाले नै काठको नक्कली बन्दुक लिएर तालिम लिँदै गरेका ६१ वर्षीय भासिल नाजारोभ भन्छन्, ‘मेरो विचारमा अब रुसीहरूले आक्रमण गर्ने छैनन् । हामीलाई हतियार दिने गठबन्धन फौजलाई धन्यवाद दिन्छु ।’
अर्का ६४ वर्षीय वृद्ध सेर्हिए कालिनिन भन्छन्, ‘पश्चिम जगतको नाकाबन्दी धम्कीका कारण पनि पुटिनले आक्रमण गर्दैनन् । तर शत्रुहरू सीमानामै रहेकाले सबैले तयारी भने गर्नैपर्छ ।’ बीबीसी



कागजपत्र |
