तान्जानियाको सभामुखमा महिला नेतृ निर्वाचित


दार एस सलाम – तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित भएकी छन् । तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

तत्कालीन सभामुखले सरकारद्वारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन् । उनी तान्जानियाको आठौँ सभामुख भएकी छन् । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।

पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सबैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया