कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्छौं : महामन्त्री शर्मा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।

बुधबार महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने पनि बताए । कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनको भनाइ थियो ।

जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने पनि शर्माले बताए ।

प्रतिक्रिया