पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन


काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी सङ्गठनले टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौँ त्रिचन्द्र क्याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।

सरकारले हिजो (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल , डिजेल र मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो।

प्रतिक्रिया