प्रधानमन्त्री देउवाको सूचना प्रविधि विज्ञमा दिपेश विष्ट


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश विष्टलाई नियुक्त गरेका छन् ।

नेपाली काँग्रेसको प्रचार विभागका पूर्व सदस्य विष्टलाई प्रधानमन्त्रीको सचिवालयमा सूचना प्रविधि विज्ञका रुपमा नियुक्त गरिएको हो ।

विष्टले यसअघि नेपाली काँग्रेसको वेबसाइट निर्माण र क्रियाशील सदस्यताको डिजिटल रेकर्ड प्रणाली निर्माण लगायतको काम गरेका थिए ।

उनी काँग्रेस निकट इञ्जिनियरहरुको संस्था सिडेनको पूर्व महासचिवसमेत हुन् । विष्ट काँग्रेसको प्रचार विभागले गठन गरेको एनसी विनका संयोजक समेत थिए ।

प्रतिक्रिया