परिचय पत्र वितरण सर्वेक्षणका लागि काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी


काठमाडौं – काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ ।

महानगरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुक व्यक्तिले सात दिनभित्र दरखास्त दिनुपर्नेछ ।

सुपरिवेक्षणका लागि तथ्यांकशास्त्र, जनसङ्ख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तीमा स्नातक गरेको हुनु पर्नेछ भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया