निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन, सञ्चारमन्त्रीलाई कालोझण्डा


काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको निवास अगाडि प्रदर्शन गरेको हो ।

उनीहरुले निर्बाचनको मिती तत्काल तोक्न माग गर्दै ुचुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैनलगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता समेत रहेका कार्कीलाई कालोझण्डा समेत देखाएका छन् ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सरकारले अहिलेसम्म चुनावको मिति भने तय गरेको छैन । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिको पदावधि जेठ ५ गते समाप्त हुँदैछ ।

प्रतिक्रिया