२० गतेदेखि ललितपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दोस्रो डोज खोप


काठमाडौं – ललितपुर महानगरभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो डोज लगाइने भएको छ ।

ललितपुर महानगरपालिकाले सूचना जारी गर्दै यही माघ २० गतेदेखि २५ गतेसम्म खोप लगाइने जानकारी दिएको छ । महानगरपालिकाका अनुसार गत पुस २७ देखि २९ गतेसम्म पहिलो डोज लगाएका बालबालिकाले दोस्रो खोप पाउनेछन् ।

साबिकको खोप केन्द्र र विद्यालयमा बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म बालबालिकालाई खोप लगाइने भएकोले सबैलाई सहभागी हुन महानगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया