बौद्धमा कार र बसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


काठमाडौं – काठमाडौंमा मोटरसाइकल कार र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो काठमाडौं महानगरपालिका -६ बौद्धमा मोटरसाइकल कार र बसमा ठोक्किएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्र-३-०१-०२२ च ५१९५ नम्बरको कार र बा ३ ख ४८१० नम्बरको बसमा बा ३४ प ५६५७ नम्बरको मोटरसाइकल ठोक्किएको हो। सो दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ। यद्यपि उनको पहिचान खुलिसकेको छैन।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई सुरूमा महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले अनुसन्धानको लागि कार र बस चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया