

राणाको निधनप्रति नेपाल प्रेस युनियनद्वारा दुःख व्यक्त

काठमाडाैं – नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सल्लाहकार एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणाको आमा मीनकुमारी राणाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
युनियनका कार्यबाहक महासचिव भीष्मराज ओझाले शनिवार शोक विज्ञप्ति जारी गरी वरिष्ठ पत्रकार राणाका ८३ वर्षीया आमा मीनकुमारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
राणाको शनिवार बिहान निधन भएको थियो । युनियनले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

