उड्डयन प्राधिकरणले १ अर्ब ८२ करोड बक्यौता उठाउन बाँकी, वायुसेवा कम्पनीहरुको बक्यौता रकम बढि


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो ।

प्राधिकरणले समितिलाई बुझाएको विवरणअनुसार स्वदेशी तथा विदेशी निकाय, संघसंस्थाले प्राधिकरणलाई १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ बुझाउन बाँकी रहेको देखिएको छ ।

जसमा विगत लामो समयदेखि बन्द रहेका वायुसेवा कम्पनीहरुको बक्यौता रकम ठूलो छ । प्राधिकरणले बेलाबेला सूचना निकालेर रकम तिर्न भनेपनि ठोस कदम चाल्न सकेको छैन । जसका कारण बक्यौता रकम हरेक वर्ष थप हुने गरेको हो ।

समितिले कोभिड १९ को संकटका बेला भएको उद्धार उडानका दौरान विगतमा पर्यटन मन्त्रालयले बनाएको छानविन समितिको प्रतिवेदन संसदीय समितिमा पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ । यस विषयमा अहिले पर्यटन मन्त्रालयले पुनः अर्को समिति बनाएर छानविन गरिरहेको छ ।

प्रतिक्रिया