राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा मतदान सकियो, मतगणना गर्ने तयारी


धनगढी – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको तीन सिटका लागि भएको मतदान सकिएको छ ।  सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि बिहान ९ बजेदेखि शुरू भएको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५  मत खसेको जानकारी दिए । उनकाअनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने मतगणना पनि बुधबार नै शुरु गर्ने तयारी छ ।

मतगणना पनि प्रदेशसभा परिसरभित्रै हुने भट्टले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।

गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार छन् ।

प्रतिक्रिया