प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन, कोरोना संक्रमण नियन्त्रणमा जाेड (पूर्ण पाठसहित)


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा शुक्रबार (आज) सम्बोधन गरेका हुन् ।

देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको र अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताए । उनले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताए ।

खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।प्रधानमन्त्री देउवाले कोभिड-१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

उनले विपद्मा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताए ।गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उनको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मल/बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गरे ।

प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै त्यसका लागि तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सम्बोधनकाे पूर्ण पाठ

 

प्रतिक्रिया