

कोरोनाले तिव्र रुप लिए संगै पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित

काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणले तिव्र रुप लिए संगै आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो ।
आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक मोहन बस्नेतले बताए । उनले भने ‘आज हामी बैठक बसिरहेका छौं । नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।’ पीयूले पाँच वर्षे बीएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।
कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि कोरोना संक्रमण नियन्त्रण र थप फैलन नदिन त्रिभुवन विश्वविद्यालय लतायत विश्वविद्यालयले परीक्षा स्थगित गरेको छ ।

