कोरोनाका कारण साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन


काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लो समय उनी कोरोनासँग लडिरहेका थिए ।

मानन्धरलाई भाषासेवी, समाजसेवीका रुपमा पनि चिनिन्छ भने उनी पूर्वसांसद समेत हुन्।
उद्योगी मानन्धरलाई केही दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो ।

अस्पताल लगेको केही समयमा नै उनको ९३ वर्षको उमेरमा मृत्यु भएको हो। उनी १९८५ मंसिर ४ मा ठहिटीमा जन्मिएका थिए।

प्रतिक्रिया