पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुको प्रदर्शन


काठमाडौं – नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुको प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा मूल्यवृद्धिविरुद विरोधप्रदर्शन गरेका हुन् ।

‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । क्याम्पस परिसरबाट सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ ।

निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया