राष्ट्रपति चुरे विकास समितिका अध्यक्ष र सदस्यलाई सरकारले सोध्यो स्पष्टीकरण


काठमाडौँ – सरकारले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समितिका अध्यक्षसहित पदाधिकारीलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको छ।  वन तथा वातावरण मन्त्रालयले समितिका अध्यक्ष किरण पौडेल र सदस्यहरू कमला ओली सिवाकोटी, शशीकुमार शर्मा, सुष्मिता ढकाल र भेषराज आचार्यलाई पाँच दिनभित्र सफाई पेश गर्न निर्देशन दिएको छ।

आज सूचना निकालेर ५ दिनभित्र पदबाट किन नहटाउने र हटाउनु नपर्ने कुनै आधार भए सफाई पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो। गत पुस ३० मा उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।

प्रतिक्रिया