अनलाइनबाट परीक्षा लिन माग गर्दै विद्यार्थी आन्दोलित


काठमाडौं – कोरोना संक्रमण बढिरहेको वेला भौतिक रूपमा परीक्षा सञ्चालन गराएको भन्दै बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेज परिसरमा विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् ।

पुर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चौथो सेमेस्टर तहको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने माग राख्दै आक्रोसित भएका विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।

परीक्षा सञ्चालन हुने समयमा होहल्ला गरेको भन्दै प्रहरीले ११ जनालाई कलेजको गेटबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया