डा. जागेश्वर गौतमलाई छानबिन गर्न सतर्कता केन्द्रको सिफारिस


काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले डा. जागेश्वर गौतमलाई कारबाही गर्न सिफारिस गरेको छ । तत्कालिन केपी शर्मा ओली सरकारमा रहेको बेला स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रुपमा कार्यभार सम्हालेका डा. जागेश्वर गौतममाथि वीर अस्पतालको मेडिकल सामाग्री खरिदमा घोटाला गरेको भन्दै केन्द्रले छानबिन गर्न अख्तियारलाई सिफारिस गरेको हो ।

कोभिड–१९ सम्बन्धी अध्यादेश नै ल्याएर वीर अस्पतालको प्रमुख कार्यकारीका रुपमा नियुक्त लिन सफल डा. गौतम नियुक्ति पाएसँगै आप्mना व्यावसायीक पार्टनर सुन्दर भुसाल संलग्न कम्पनीलाई करोडौंको मेडिकल सामाग्री खरिदको ठेक्का दिलाएका थिए । उनले भुषालकै योजनामा बायोमेडिकल इन्जिनियर भावना बराललाई समेत नियुक्ति दिएर विवादित बनेका थिए ।

त्यस्तै उनी वीर अस्पतालको करिब १५ करोड रुपैयाँको ठेक्का अनिमिततामा पनि मुछिएका थिए । केन्द्रले गत साउनमै वीर अस्पतालमा छापा मारेर ठेक्कासम्बन्धी कागजात जफत गरेको छ । गौतमकै संलग्नतामा भुषालको म्याक्सिम इन्कर्पोरेशनलाई १५ करोड मूल्यबराबरको ठेक्का दिइएको थियो ।

प्रतिक्रिया