फोटो खिच्दै गर्दा पुलबाट खसेर कैलालीको रुपराजको मृत्यु


कैलाली – कैलालीको गोदावरी पुलबाट खसेर एक मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको पुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार भाटको मृत्यु फोटो खिच्नेक्रममा पुलको डिलबाट चिप्लिएर लडेर भएको हो ।

पुलबाट खसेर घाइते भएका शिक्षक भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया